आफ्ना छोरा र अमिताभ बच्चनकी नातिनीको अफेयरबारे बोले जावेद जाफरी
जावेद जाफरीका छोरा मिजान जाफरी र अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको अफेयरको चर्चा निकै हुने गर्छ । दुबैलाई धेरैजसो सँगै देखिएको पनि छ । अब जावेदले आफ्ना छोरा र नव्याबारे केही प्रतिक्रिया दिएका छन् ।
कहिले सँगै फिल्म हेर्न गएको त कहिले सोसल मिडियामा उनीहरुबीचको कुराकानी, यस्ता कुराले मानिसहरुको ध्यान तानिरहेका हुन्छन् । यद्यपि, मिजानले यसअघि नव्यासँगको सम्बन्धको खबरलाई पूर्ण रुपमा अस्विकार गरिसकेका छन् । अब मिजानका पिता तथा जावेद जाफरीले पनि आफ्ना छोराका नव्यासँगको सम्बन्धबारे केही कुरा गरेका छन् ।
जावेदले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा आफ्ना छोरा र नव्याको सम्बन्धबारे खुलेर कुरा गर्दै उनीहरुको डेटिङको खबरलाई अफवाहको संज्ञा दिएका छन् । उनले भने, ‘कोही निकै राम्रा साथी छन् भने उनीहरुको सम्बन्धलाई अर्कै तरिकाले हेर्ने गरिन्छ । उनीहरुको एउटै फ्रेन्ड सर्कल छ । मानिसहरुलाई केही कुरा मात्रै चाहिएको छ । मेरा छोरा र नव्या स्कूलका दिनदेखि नै निकै राम्रो साथी हुन् ।’
जावेदले थपे, ‘उनीहरुको साथी सर्कल एउटै छ जसमा सारा अली खान पनि छिन् । सारा र मिजान पनि एउटै स्कूलमा थिए । उनीहरु घर आउँथे र बिहान ३ बजेसम्म बस्ने गर्दथे । उनीहरु सधैं सँगै हुन्छन् त्यसैले उनीहरुलाई लिंक अप गर्न सहज छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण