करीनासँग बिहेको दिन सैफले अमृतालाई लेखेका थिए यस्तो चिठी
बलिउडको लोकप्रिय जोडी अभिनेत्री करीना कपूर खान र अभिनेता सैफ अली खानको विवाह भएको धेरै वर्ष भयो । करीना र सैफको एक छोरा छन् भने उनी हाल गर्भवती छिन् ।
सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् । उनकी पहिलो श्रीमती अमृता सिंह ८० को दशककी चर्चित अभिनेत्री हुन् । अमृता र सैफका दुई जवान सन्तानहरु पनि छन् । जसमध्ये छोरी सारा खान बलिउडकी लोकप्रिय अभिनेत्रीको रुपमा परिचित भइसकेकी छिन् ।
अमृतासँग सम्बन्धविच्छेद गरेका सैफले करीनासँग विवाह गरेपछि उनीहरुको सम्बन्धका बारेमा निकै चर्चा पनि हुने गरेको छ ।
यसैबीच, एक भारतीय टेलिभिजन कार्यक्रममा सैफले करीनासँग विवाहको दिन अमृतालाई पत्र लेखेको खुलासा गरे । उनले अमृतालाई आफ्नो विवाह हुन लागेको र आगामी दिनहरुका लागि शुभकामना मागेका थिए भने अमृताको पनि सुखद जीवनको कामना गरेका थिए ।
उनले उक्त चिठी करीनालाई पनि देखाएका थिए । करीनाले चिठी पढेपछि अमृतालाई पठाउन सुझाव दिएको समेत उनले उल्ल्लेख गरे । उनले उक्त चिठी अमृतालाई पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण