सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त
सोमबार, २६ माघ २०७७, १६ : ४८
काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो ।
यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन् ।
औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन् ।
राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण