शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा अवैध हतियारसहित एक पुरुष पक्राउ

सोमबार, २६ माघ २०७७, १७ : ५८
सोमबार, २६ माघ २०७७

पोखरा । स्याङ्जामा अवैध भरुवा बन्दुकसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो हरिनास गाउँपालिका ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर रानालाई अबैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

रानाको घरको कोठाबाट १ थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ थान, एक राउण्ड गोली र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । 

बन्दुक र बन्दुकमा प्रयोग हुने गोली लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएका रानालाई कानूनी कारवाही प्रक्रिया अगाडी बढाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप