इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार
काठमाडौं । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ । अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरुसँग भने, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”
उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् । प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।
उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उहाँ १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण