शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्कोमा भीषण बाढी, २४ जनाको मृत्यु

सोमबार, २६ माघ २०७७, २२ : २१
सोमबार, २६ माघ २०७७

एजेन्सी । अत्यधिक ठूलो बाढी पहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 
घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप