मैनालीलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउने तयारी
मङ्गलबार, २७ माघ २०७७, २१ : १७
काठमाडौं । दीर्घराज मैनाली आन्तरिक राजश्व विभागको महानिर्देशक बन्ने भएका छन् । यसअघिका महानिर्देशक विनोदवहादुर कुँवर प्रदेश सचिवको रुपमा सरुवा भएपछि रिक्त महानिर्देशकमा मैनाली पठाउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मैनाली हाल राजश्व अनुसन्धान विभागको महानिर्देशक छन् । सो विभागमा रहेर राजश्व छलीको विषयमा राम्रो काम गरेका उनलाई अर्थ मन्त्रालय अन्तर्गतकै सबैभन्दा शक्तिशाली मानिने यो विभागमा पठाउन लागिएको हो । मैनालीको सरुवाबारे अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सहमतिका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सो सहमतिपछि सो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्रै सो सरुवाको निर्णय कार्यान्वयन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण