आङ सान सूकीको पार्टी मुख्यालय सेनाद्वारा तोडफोड
बुधबार, २८ माघ २०७७, ०० : ०१
एजेन्सी । म्यानमार मंगलबार सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरका गोली र पानीको फोहोरा प्रयोग गरेको छ । त्यस्तै नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीको पार्टी मुख्यालयमा सेनाले हस्तक्षेप गरेको छ ।
पार्टी मुख्यालयमा सैनिक जवानहरुले तोडफोड समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रहरीले दुई दर्जनभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ भने रबरको गोली लागेर थुप्रै प्रदर्शनकारीहरु घाइते भएका छन् ।
केही दिनअघि म्यानमार सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकी लगायतका थुप्रै नेता कार्यकर्ताहरुलाई नजरबन्दमा राखेको छ । म्यानमारको सेनाको उक्त कदमको विश्वरभर कडा रुपमा आलोचना भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण