पाउन थाले महाबुवासीले स्वास्थ्य सेवा
दुल्लु । महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा.नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताए ।
गाउँपालिकामा १० शयया अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो । नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए । स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिए । महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गैंडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन् ।
उनले थपे– “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
-
सरकार र निजी क्षेत्रबिच सिधा समन्वयका लागि छुट्टै कार्यदल आवश्यक: राणा
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण