प्रधानमन्त्रीका वकिलको आग्रह- ‘श्रीमान बहस गर्दैनौं नाम मात्रै टिपाई पाउँ !’
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले बहस सिध्याउँदा बुधवार चार बज्न केही मिनेट बाँकी थियो । प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्न लयर्स पोडियमतर्फ लम्किए, अधिवक्ता भुवनप्रसाद निरौला । प्रधानन्यायाधीशले भित्ताको घडीमा हेरेर भने–‘अब तपाईंहरुको तर्फबाट अन्तिम अन्तिम भयो होला, भोलि गरौंला ।’
बेन्च उठ्ने भएपछि अधिवक्ता निरौलाले प्रधानन्यायाधीशसँग आग्रह गरे– ‘श्रीमान् बहस गर्दिन्, मेरो नाम मात्र टिपाउनका लागि निवेदन गर्छु ।’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले हाँसेर भने– ‘हुन्छ नि त ।’ जबराले बेन्च असिस्टेन्टलाई नाम टिप्न निर्देशन दिए । वकालतनामा बुझाएका वकिलले इजलासमा नाम टिपाएपछि सो मुद्दामा बहस गरेको ठहर्छ । निरौलाले नाम टिपाएपछि प्रधानमन्त्रीका वकिलहरु तछाड–मछाड गरेर नाम टिपाउन बेन्चतर्फ लम्किए ।
नाम टिपाउने वकिलको ताँती लागेपछि प्रधानन्यायाधीशले भने– ‘आज नाम टिपाएपछि फेरि भोलि बहस गर्न पाउनुहुन्न् नि ।’ त्यसपछि एकजना वकिलले आफ्नो नाम मेटाउन आग्रह गर्दै भने– ‘म भोलि नै बहस गर्छु ।’ प्रधानमन्त्रीका वकिल काशिनाथ मरासिनी, बोलाराम पाण्डे र राजाराम घिमिरे सहित १० जनाभन्दा बढी वकिलले नाम टिपाएका छन् ।
भोलि अन्तिम बहस
प्रधानमन्त्रीको तर्फबाट भोलि अन्तिम बहस हुने भएको छ । प्रधानन्यायाधीशले बिहिबार चिया ब्रेकअघि बहस सिध्याउन प्रधानमन्त्रीका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको तर्फबाट बिहिबार बहस सक्काउने अधिवक्ता रमेश बडालले बताए । प्रधानमन्त्री निकट मानिने अधिवक्ता बडालले रातोपाटीसँग भने–‘समयले कति जनाले गर्न भ्याइन्छ, चिया ब्रेकअघि हामी सिध्याउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण