सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा थप १ हजार १ कोरोना संक्रमितको मृत्यु

बुधबार, २८ माघ २०७७, २३ : ३४
बुधबार, २८ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बुधबार थप १००१ संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ८५१ पुगेको छ ।   

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १३  हजार १३ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ८५ हजार १६१  पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

हालसम्मको तथ्याँकअनुसार बेलायतका अस्पतालमा २६ हजार ६८४ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार १६४ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा एक करोड ३० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ३०  लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार हालसम्म एक करोड ३० लाख ५८  हजार २९८ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पाँच लाख १९  हजार ५५३  जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप