बेलायतमा थप १ हजार १ कोरोना संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बुधबार थप १००१ संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ८५१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १३ हजार १३ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ८५ हजार १६१ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।
हालसम्मको तथ्याँकअनुसार बेलायतका अस्पतालमा २६ हजार ६८४ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार १६४ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
बेलायतमा एक करोड ३० लाख बढीले लगाए खोप
बेलायतमा एक करोड ३० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार हालसम्म एक करोड ३० लाख ५८ हजार २९८ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पाँच लाख १९ हजार ५५३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण