प्रतिनिधिसभा विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानुन व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए ।
त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानुन ब्यवसायीहरुका तर्फबाट अन्य वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, विष्णु भट्टराई, टंक दुलाल, बालकृष्ण न्यौपाने, माधव बाँस्कोटा, डा. शुरेन्द्र भण्डारी, रमेश गुरागाईं, अधिवक्ता रमेश बडाल, ईश्वरी भट्टराई, सिपी रेग्मी, हेमा बस्नेत, रवि शर्मा खनाल, अनन्त लुइँटेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्तिदेवी खनाल, माधव कुमार बस्नेत, अन्जन न्यौपाने, विजय मिश्र, सुधा धिताल, कृष्ण कुमार आङदेम्बे, शोभा कार्की, भुपाल बस्नेत, टिकाबहादुर कुँवरले बहस गरेका छन् ।
प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्निप्रसाद सापकोटा तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ । सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका हुन् । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण