मौलिकतायुक्त पर्व नेपालको विशेषता: सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सभामुखले हाम्रा मौलिक चाडपर्वको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे। तामाङ, शेर्पा, ह्योल्मोलगायतका नेपालका आदिवासी जनजातिको मुख्य पर्व एवं नयाँ वर्ष, ‘२८५७औँ सोनाम ल्होसार’र ‘२१४८औँ ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना सन्देश दिँदै सभामुखले विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आआफ्नै संस्कृति, परम्परा र रीतिरिवाज रहेको स्मरण गरेका छन् ।
मौलिकता बोकेका चाडपर्वले आफ्नै विशेषता र महत्व बोकेको भन्दै उनले त्यस्ता पर्व विविधताभित्र देखिने मौलिकताका नमूना हुन् भनेका छन् । सोनाम ल्होसार र ग्याल्बो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने सभामुखले विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण