प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्दै हुनुहुन्छ : शंकर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ओली समूहका सचिवालय सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्को समूहका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई आगामी चुनावमा डाँडाबाट हेरे पनि नदेने गरि बढारिने चुनौती दिएका छन् ।
सोमवार बुटवलमा आयोजना गरिएको आमसभालाई मुख्यमन्त्री पोखरेलले सम्वोधन गर्दै र प्रचण्ड माधव समूहलाई इंगित गर्दै भने ‘ आगामी चुनावमा हाम्रो दलललाई सर्वाधिक मत प्राप्त हुन्छ । उहाँहरुलाई बसन्तपुर डाँडामा चढेर हेर्दापनि देखिनु हुनेछैन । बसन्तपुर बुटवलदेखि उत्तरतर्फ पाल्पा जिल्लामा पर्ने पहाडी तथा अग्लो डाँडा हो जहाँ आज प्रधानमन्त्री ओलीले केबुलकारको शिलान्यास गरेका थिए । अध्यक्ष प्रचण्डलाई पूर्वजनमुक्ती सेनाहरुले छाडेर ओली समूहमा आएको र उनीहरुले प्रचण्डसँग हिसाव किताव माग्ने जिकिर गरे ।
'आज हामीले पूर्व जनमुक्ति सेनाहरुको बुटवलमा भेला राख्यौं , उहाँहरुले कमरेड ओलीको राजनैतिक लडाईमा ढाल बन्छौं भनेर उद्घोष गर्नु भयो अब प्रचण्डलाई सबैले छाड्ने छन् ’– उनको यस्तो कथन थियो ।
उनले तत्कालीन एमाले भित्रको अन्तरविरोधमा खेलेर प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनिती ल्याएको आरोप लगाए ।
‘आदरणीय जनसमुदायहरु, जनयुद्धकालमा जसरी ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति थियो त्यसरी नै अहिले माधवकुमार नेपालको ढाडमा टेकेर कमरेड ओलीको टाउकोमा हान्दै हुनुहुन्छ । उहाँको त्यो रणनिती हामी असफल पारेर छाड्छौँ।
उनले प्रथम अध्यक्ष र महासचिव रहेको दलनै आधिकारिक दल रहेको समेत दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण