नेता प्रभाकरको उपस्थितिमा मनाइयो रुकुममा जनयुद्ध दिवस
रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा प्रभावशाली नेता तथा तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो ।
जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ । सोही कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो ।
यसैगरी सानीभेरीमा चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो ।

यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि चेतनामुलक गीत विमोचन, मयूर नाच जस्ता कार्यक्रम पनि गरियो ।
प्रभाकरले सामान्तवाद विरुद्धको ऐतिहासिक जनयुद्धको २६ औं वार्षिक उत्सवको अवसरमा सहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु र घाइते योद्धाहरु प्रति उच्च सम्मान प्रकट गरेका छन् ।
उनले सम्पूर्ण सहिद परिवार, नेतृत्व, जनमुक्ति सेना, आम जनसमुदाय सबैमा हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्। जनयुद्ध र जनआन्दोलनको बलामा प्राप्त ऐतिहासिक प्रवाहलाई समाप्त पार्न प्रतिगामी तत्वहरु अलबलाएको भन्दै प्रभाकरले तिनलाई परास्त गर्दै उपलब्धी रक्षाको लागि जुट्न आह्वान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’
-
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण