एक हप्तामा लागू औषधसहित ९ जना पक्राउ
आइतबार, ०२ फागुन २०७७, १८ : २८
काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । लागू औषध ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिए । उनीहरुको साथबाट डाईजेपाम –९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण