ऋण नतिर्नेलाई राष्ट्र बैंकको थप सहुलियत
आइतबार, ०२ फागुन २०७७, १९ : ५४
काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट बैंकले थप सहुलियत दिने भएको छ । ऋण नतिर्ने र कर्जाको पुनर्तालिकीकरण पनि नगरेका व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने राष्ट बैंकले जनाएको छ । यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।
राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो । राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण