म्यानमारमा नयाँ कानून घोषणा: ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय
सोमबार, ०३ फागुन २०७७, १५ : ३४

म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।
‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ ।
म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो ।
हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?