रुखबाट लडेर महिला घाइते, नेता प्रभाकरको पहलमा विमान चार्टर गरी कोहलपुर लगियो
सोमबार, ०३ फागुन २०७७, १६ : ५९
१
रुकुम पश्चिममा रुखबाट लडेर गम्भीर घाइते भएकी एक महिलालाई पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्मा प्रभाकरको पहलमा विमान चार्टर गरी उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
सानीभेरी गाउँपालिका–९ निवासी गंगा डाँगी रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेकी उनलाई तारा एयरको विमान चार्टर गरी उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको हो ।
प्रभाकरका अनुसार चौरजहारीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सिजन ओली र गोपाल शर्माले फोनमार्फत उक्त घटनाबारे उनलाई जानकारी गराएका थिए । खबर पाएलगत्तै इमर्जेन्सी उद्धारका लागि आफूले पहल गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण