तामाकोशी नदीमा वेपत्ता सहचालकको शव फेला
सोमबार, ०३ फागुन २०७७, १८ : २९
दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव फेला परेको छ । सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने खड्का माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोली परिचालन भएको थियो । उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो । एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण