मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’
काठमाडौँं । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको हो ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत १२ वर्ष अगाडि फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो भने चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी थिइन् । यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन भिडियोमा रहेको छ ।
कार्यक्रममा विशिष्ट कलाकार हरिवंश आचार्य प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा हरिवंशले गीत र भिडियो दर्शकले रुचाउने बताए । सोही अवसरमा हरिवंश सम्मानित समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
-
रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
पाकिस्तानको ग्वादरमा आतङ्कवादी हमला, सात मजदुरको मृत्यु