मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’
काठमाडौँं । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको हो ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत १२ वर्ष अगाडि फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो भने चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी थिइन् । यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन भिडियोमा रहेको छ ।
कार्यक्रममा विशिष्ट कलाकार हरिवंश आचार्य प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा हरिवंशले गीत र भिडियो दर्शकले रुचाउने बताए । सोही अवसरमा हरिवंश सम्मानित समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण