अस्पतालले बढाए स्वास्थ्य परीक्षण शुल्क
काठमाडौं । अस्पतालको बहिरङ (ओपिडी) शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो । बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ (ओपिडी) शुल्क बृद्धि गर्ने निर्णय गरेको हो । ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ ।
नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३ सय ७०, ५ वर्ष भन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५ सय १५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण