अस्पतालले बढाए स्वास्थ्य परीक्षण शुल्क
काठमाडौं । अस्पतालको बहिरङ (ओपिडी) शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो । बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ (ओपिडी) शुल्क बृद्धि गर्ने निर्णय गरेको हो । ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ ।
नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३ सय ७०, ५ वर्ष भन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५ सय १५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ