विप्लवका कार्यकर्ताको आशंकामा एक व्यक्ति पक्राउ
बिहीबार, ०६ फागुन २०७७, १८ : ३६
बुटवल । प्रहरीले नेकपा विप्लव समूहमा आवद्ध कार्यकर्ताको आशंकामा बुटवलवाट एक जनालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो बुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन आएका एक पूरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई विप्लव समूहको कार्यकर्ताको आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी विप्लव समूहका केन्द्रीय सदस्य भएको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पूरै विवरण चाहि खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले रातोपाटीसँग भने– ‘नियन्त्रणमा लिएका व्यक्तिलाई भेरिफाई गर्दैछौ, उनी हामीले सोचेको व्यक्ति हुन् कि अन्य भन्नेमा अनुसन्धान जारी रहेको छ, थप विवरण केही समयपछि आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण