आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना भएको बताएका छन् । उनले भने, “मुलुकमा आर्थिक सक्षमता, सामाजिक तथा सांस्कृतिक सद्भाव तथा ऐक्यबद्धता भएमात्रै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद हासिल गर्न सम्भव हुन्छ ।”
सङ्घीय व्यवस्थाअनुसार स्थापित तीन तहका सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न क्रियाशील रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रजातन्त्रका आधारभूत मूल्यमान्यतालाई जीवन पद्धतिका रुपमा आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष तिमिल्सिनाले ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै १०४ वर्षे जहानियाँ निरंकुश राणाशासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न तथा त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
निरंकुश राणाशासनको अन्त्य गर्दै विसं २००७ मा स्थापित प्रजातन्त्रिक शासन व्यवस्था जोगाउन नसक्दा मुलुक पुनःतीन दशक तानाशाही पञ्चायती व्यवस्थाको सामना गर्न बाध्य भएको अध्यक्षको सन्देशमा उल्लेख छ ।
निरंकुशताका विरुद्ध लोकतन्त्रवादी राजनीतिक दल र नेपाली जनताको निरन्तरको सङ्घर्षबाट बहुदलीय प्रजातन्त्र हुँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको सन्देशमा उनले स्मरण गरेका छन् ।
नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान २०७२ जारी भएको तथ्य पेश गर्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको बताएका छन् । नेपालको संविधानले प्रजातन्त्रका मूलभूत मान्यता कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवाधिकार, मौलिक अधिकार, वालिग मताधिकार सुनिश्चित गरेको भन्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक समानता संविधानको मूल विशेषता भएको सन्देशमा उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण