उपचारारत बलात्कृत बालिकालाई सहयोग प्रदान
शुक्रबार, ०७ फागुन २०७७, १२ : ०८
काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।
गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार 'रातोपाटी अनलाइन डट कम'मा प्रकाशित भएपछि नर्वेमा बस्दै आएकी सरला कट्टेलको पहलमा नेपाली ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको थियो ।
करिब एक महिनाभन्दा बढी उपचारपछि बालिकाको अवस्था सामान्य बन्दै गएको पीडित बालिकाका पिताले बताए ।
प्रहरीले उनीमाथि बलात्कार गरेको आरोपमा २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण