प्रजातन्त्र दिवसको अवसरमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग
शुक्रबार, ०७ फागुन २०७७, १३ : २३
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । तरुण दलले शुक्रबार बिहान एक कार्यक्रमका बीच लगनखेलस्थित प्रतिष्ठानलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरेको हो ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का रजिस्ट्रार प्रोफेसर डा.पारस आचार्यलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदाद गरिएको जानकारी दिए ।
जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण