मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले भने– बामपन्थी नमिल्दै सिल्पिङ ट्याब्लेटको हाहाकार भयो, मिलेपछि कस्तो होला ?

शुक्रबार, २० असोज २०७४, १६ : ३३
शुक्रबार, २० असोज २०७४

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थीहरुले कार्यगत एकता गर्ने घोषणा गरेपछि केही पार्टीका नेतालाई निन्द्रै लाग्न छोडेको बताएका छन् ।
 शुक्रबार एमाले काठमाडौ जिल्ला कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमाले, माओवादी र नयाँ शक्तिबीच हाल कार्यगत एकता र पछि पार्टी एकीकरणका गर्ने घोषणा गरेपछि  देशमा सिलिपिङ ट्याब्लेटको हाहाकार हुन थालेको भन्दै पार्टी नै एकीकरणपछि झन कस्तो होला ? भनेर प्रश्न गरे । 
उनले सानो चित्त भएका मान्छेहरु कम्युनिष्ट मिल्दा सुत्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने ‘एमालेलाई बहुमत ल्याउन होइन देशलाई समृद्ध बनाउन वाम गठबन्धन गरेका हौ । देश अहिलेसम्म दुईचार जना ठालुहरुले चलाएका थिए अब त्यसरी चल्दैन ।’ कांग्रेसलाई व्यङग्य गर्दै ओलीले भने ‘अब पनि २०१५ साल जस्तो हो भनेर नसोचे हुन्छ । देश धेरै अगाडि बढीसक्यो । अब बुढो रुखलाई मलजल गरेर काम छैन । २०१५ सालमा आँखा फुटेको काँग्रेस अहिलेसम्म उस्तै छ ।’
उनले वामपन्थीको गठनबन्धनलाई यज्ञको नाम दिदै भने‘यो यज्ञ विथोल्न अझै कयौ तत्वहरु सक्रिय छन् तर यो अब बिथोलिदैन ।’
एमालेलाई कसैसँग मिलेर जानुपर्छ भन्ने राम्रोसँग थाहा भएको ओलीले बताए । 
देउवालाई कटाक्ष गदै ओलीले भने, ‘म कुर्सीमोह र सत्तामोह भएको मान्छे होइन । संविधानमा नहँुदा पनि बाधा अड्काउ फुकाउ आदेशबाट राजीनामा दिएको हुँ । तर यहाँ अल्पमतमा परेपनि राजीनामा दिदैनन् ।’   
२००६ सालमा एउटै कम्युनिष्ट पार्टी भएको स्मरण गर्दै ओलीले पछिल्लो समय  फुटेर धेरै भएको भन्दै अब पुन जुटदै जाने ओलीले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप