प्रदेश १ मा ओली पक्षका सांसदले आज पनि संसद अवरुद्ध गर्ने
विराटनगर । नेकपा विवादको असर प्रदेश सभाहरुमा क्रमशः देखिँदै गएको छ । आजका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्तारुढ नेकपाले नै अवरुद्ध गर्ने भएको छ । जारी सातौं हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह््वान गरिए पनि ओली पक्षीय नेकपा बैठक अवरुद्ध गर्ने तयारीमा छ ।
आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ ओली पक्ष बैठक अवरुद्ध गर्ने नीतिमा लागेको हो । गत माघ २५ को बैठकमै अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । सो दिन पनि ओली पक्षले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन ९ सम्म बैठक स्थगित गरेका थिए ।
कारवाहीमा परेका सांसदहरु बैठकमा प्रवेश गरे आइतबारको बैठक पनि सञ्चालन हुन नसक्ने ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले रातोपाटीलाई बताए । ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा दुईवटा भएको देखिन्छ । तर, कानुनी रुपमा प्रदेश सभामा दर्ज भएको देखिँदैन । प्रदेशसभमा दलको नेता भनेर चिनिने शेरधन राईमात्र हो । त्यसो हुनाले प्रदेश सभामा आफ्ना प्रदेशका सदस्यहरुलाई गरेको कारवाही प्रदेशसभा सचिवालयले कार्यन्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ’ उनले भने, ‘बैठक सञ्चालन गर्न खोजिए हामी स्वभाविक रुपमा अवरुद्ध गर्छाैं ।’
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो । लगतै प्रचण्ड माधव पक्षले पनि मुख्यमन्त्री राईसहितका ८ जनालाई कारवाही गर्दै भीम आचार्यलाई दलको नेता चयन गरेको थियो । नेकपा प्रचण्ड–माधव पक्षका नेता इन्द्र आङ्बोले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरेर नियमित प्रकृयामा बैठक अघि बढ्नुपर्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण