प्रहरीविरुद्ध स्थानीयवासीलाई उत्तेजित बनाएको आरोपमा वडा अध्यक्ष रुम्बा पक्राउ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएको हो ।
राक्सिराङ गाउँपालिका वडा –१ घ्याङ्सिङटार पारीभित्ता भन्ने स्थानबाट प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध गाँजा नियन्त्रण गर्न भन्दै प्रहरीको बा१ग २०९० नम्बरको भ्यानसहित सो क्षेत्रमा प्रहरी टोली पुग्दा स्थानीयलाई प्रहरीमाथि जाइलाग्न उत्तेजित बनाएको र हातपात गरेपछि रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए् ।
रातोपाटीसँग कुरा गर्दै राठौरले भने ‘लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरीको काममा स्थानीयहरुलाई उत्तेजित बनाई बाधा पुर्याएको र प्रहरीमाथि हातपात गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।’ तर लागूऔषध गाँजा नियन्त्रण तथा रोकथामका लागि भन्दै खटिएको प्रहरीले आफूसँग अन्य मानिसहरुसमेत लिएर गाउँलेलाई आतंकित पार्ने काम गरेको र त्यसको प्रतिकार गर्दा वडा अध्यक्ष रुम्बालाई पक्राउ गरेको स्थानीयको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण