इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक जनाको मृत्यु
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहका अनुसार हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो ।
आईतबार राति २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।
उनका अनुसार अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।
उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण