मातृभाषा प्रयोगमा प्रदेशमन्त्री सोनलको जोड
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आ–आफ्नो भाषाको विकासका लागि त्यही भाषालाई विभिन्न कार्यमा प्रयोग गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा आइतबार पर्सामा भोजपुरी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले हिनतावोधभन्दा माथि उठेर भोजपुरी बोलेर आफ्ना कुरा राख्न आग्रह गरे ।
भोजपुरी भाषाको विकासलाई कसैले रोक्न नसकिने बताउँदै उनले जबसम्म भाषा प्रयोगमा आउँदैन, तबसम्म त्यसको विकास नहुने भएकाले भाषालाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने बताए । ‘केन्द्रिकृत राज्य प्रणालीमा एउटै भाषा, एउटै भेषको नीति थियो,’ उनले भने, ‘गणतन्त्र आएपछि सबै भाषाको विकास हुनुपथ्र्यो तर यस्तो ग्रहण लाग्यो कि भाषाको विकास हुन सकेन ।’ उनले लोकतन्त्र प्राप्तिको लडाइँमा भोजपुरी समाज जहिले पनि अग्र मोर्चामा रहेको उल्लेख गर्दै देशका लागि भोजपुरी भाषी अझै लड्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण