इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो पार्ने तयारी
लन्डन । बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ ।
हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका छन् ।
हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् । प्राप्त जानकारी अनुसार लकडाउनलाई तीन तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ ।
यसबारेमा अन्तिम निर्णय आज बस्ने ‘कोभिड ओ’ कमिटीले गर्ने बताइएको छ । प्रधानमन्त्रीले भोलि अपरान्ह क्याबिनेट बैठकको अध्यक्षता गर्नेछन् र साँझ लकडाउन सम्बन्धि भावी योजना घोषणा गर्ने कार्यक्रम छ ।
आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले आजै उद्घोष गरेका छन् । बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसँगै संक्रमणमा पनि कमी आएको छ ।
कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिसकिएको डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयरले जनाएको छ । शनिबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण