भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर
पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् । १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसकेका छन् । तर, महाधिवेशन गराउन कुनै चासो र पहल नगरेका शीर्ष नेताहरुले पार्टीभित्रको गुट चलाउन भने एनजिओको सहारा लिएका छन् ।
पूर्वजहरुका नाममा संस्था स्थापना गरेर पार्टीका शीर्ष नेताहरु नै गुट चलाउन सक्रिय छन् । पार्टीका तत्कालीन सभापतिहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि मंगलादेवी सिंह र नोना कोइरालाका नाममा संस्थाहरु स्थापना भएका छन् । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका नाममा दर्जनभन्दा बढी संस्था स्थापना भएका छन् ।
ती संस्थाहरुले आफूखुसी र आफूअनुकूल कार्यक्रमहरु र विचारहरु बाहिर ल्याइरहेका छन् । केन्द्रीय कार्यालय के कति संस्था स्थापना भएका छन् र तिनले के काम गरिरहेका छन् भन्ने विषयमा अनभिज्ञ छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण