दुई महिनामा काठमाडौँमा मेलम्चीको पानी
मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ।
आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले एकपटक पानी सुन्दरीजल पुगेपछि पुनः सुरुङमा पानी बन्द गरी परीक्षण गरेपछि मात्र नियमित रूपमा पानी सुन्दरीजल पुर्याएर राजधानीमा वितरण सम्भव हुने जानकारी दिए।
मेलम्चीको पानी सोमबार २ सय ७० मिटर तल रहेको २१ नम्बर अडिट गेटसम्म आइपुगेको छ। आयोजनाका अनुसार सुरुङको प्रत्येक अडिटमा भएको गेटमा परीक्षण गर्दै पानी सुन्दरीजल पुर्याइनेछ। अम्बाथान, ग्याल्थुम, सिन्धु अडिटमा परीक्षण हुँदै पानी सुन्दरीजल पुर्याउन १६ दिन लाग्नेछ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण