प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्ने
बुधबार, १२ फागुन २०७७, ११ : ०१
बेलायतका ड्युक अफ एडिनबरा प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्नुपर्ने बेलायतको राज दरबार बकिङ्घम प्यालेसले जानकारी दिएको छ ।
प्रिन्स फिलिपले असहज महसुस गरेपछि १७ फेब्रुअरीमा लण्डनको किङ एडवर्ड अस्पतालमा भर्ना गरिएको थियो ।
९९ वर्षका प्रिन्स फिलिप, महारानी एलिजाबेथका श्रीमान् हुन् । बकिङ्घम प्यालेसले प्रिन्सको अवस्था हाल सुधारोन्मुख रहेको र उनीमाथि उपचारले काम गरिरहेको जानकारी दिएको छ ।
प्रिन्स फिलिप र महारानी एलिजाबेथ दुबैले जनवरीमा कोभिड–१९ को खोप लगाएका थिए । यद्यपि, प्रिन्स फिलिपलाई कोरोनाभाइरस सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भने गरिएको होइन ।
प्रिन्स फिलिप र महारानी एलिजाबेथले अघिल्लो वर्ष नोभेम्बरमा आफ्नो विवाहको ७३ औं वर्षगाँठ मनाएका थिए । प्रिन्स फिलिप यसवर्ष जूनमा सय वर्ष हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज
-
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
-
आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि
-
प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल