प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्ने
बुधबार, १२ फागुन २०७७, ११ : ०१
बेलायतका ड्युक अफ एडिनबरा प्रिन्स फिलिप संक्रमणका कारण अझै केही दिन अस्पताल बस्नुपर्ने बेलायतको राज दरबार बकिङ्घम प्यालेसले जानकारी दिएको छ ।
प्रिन्स फिलिपले असहज महसुस गरेपछि १७ फेब्रुअरीमा लण्डनको किङ एडवर्ड अस्पतालमा भर्ना गरिएको थियो ।
९९ वर्षका प्रिन्स फिलिप, महारानी एलिजाबेथका श्रीमान् हुन् । बकिङ्घम प्यालेसले प्रिन्सको अवस्था हाल सुधारोन्मुख रहेको र उनीमाथि उपचारले काम गरिरहेको जानकारी दिएको छ ।
प्रिन्स फिलिप र महारानी एलिजाबेथ दुबैले जनवरीमा कोभिड–१९ को खोप लगाएका थिए । यद्यपि, प्रिन्स फिलिपलाई कोरोनाभाइरस सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भने गरिएको होइन ।
प्रिन्स फिलिप र महारानी एलिजाबेथले अघिल्लो वर्ष नोभेम्बरमा आफ्नो विवाहको ७३ औं वर्षगाँठ मनाएका थिए । प्रिन्स फिलिप यसवर्ष जूनमा सय वर्ष हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण