बाघको छाला कारोबार गर्ने २ जना पक्राउ
बुधबार, १२ फागुन २०७७, १४ : ००
बुटवल । दाङमा बाघको छालासहित २ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ परेका २ जनाको साथबाट ४ फिट ५ इन्च लम्बाई भएको बाघको एक थान छाला बरामद गरिएको छ ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण