बेलायतमा करिब १० हजार संक्रमित, ४४२ को मृत्यु
लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिव १० हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार बुधबार थप ९ हजार ९३८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ७४७ पुगेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ८०३ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।
एक करोड ८२ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ८२ लाख ४२ हजार ८७३ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ६ लाख ६९ हजार १०५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्ष बीचकालाई खोप वितरण गरिँदैछ ।
संक्रमण दरमा आएको कमीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणवद्ध रुपमा हाल जारी लकडाउनलाई हटाउँदै जाने घोषणा गरेका छन् । प्रधानमन्त्रीद्वारा जारी ६८ पृष्ठ लामो मार्गचित्रमा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण