निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ ।
संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रक्रिया अघि बढ्दा कांग्रेस अविश्वासको प्रस्तावमा वा विपक्षमा कता खुल्ने भन्ने चासो बढ्दो छ । हाल नेपाल कम्युनिस्ट पार्टीका केपी ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल गरी दुवै समूह नयाँ सत्ता समीकरणका लागि कांग्रेसको साथ खोजिरहेका छन् ।
अहिले कांग्रेस जता खुल्यो, उसकै सरकार बन्ने अवस्था देखिएको छ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
अध्यक्षद्वय बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अध्यक्षद्वयले देउवासमक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने र प्रस्तावका पक्षमा र सत्ता सहकार्यमा साथ दिन आग्रह गरेका थिए ।
तर, उनीहरूको भेटलगत्तै आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गरे ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण