दमननाथले पेश गरे सर्वोच्चमा लिखित जवाफ
बिहीबार, १३ फागुन २०७७, १७ : ५९
काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका पूर्व सभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । बिहीबार लिखित जवाफ पेश गर्दै ढुंगानाले विचाराधीन मुद्दामा छलफल र टिका टिप्पणी रोक्नु व्यवहारिक नभएको उल्लेख गरेका छन् ।
लिखित जवाफमा उनले आफुले बोलेको कुरा तोडमोड गरी, खास खास अंश नदर्शाई, लुकाई पेश गरेकाले सम्बन्धित क्यासेट नै झिकाएर आफ्नो बचन मिलेको वा नमिलेको ठहर गर्न पनि अदालतसमक्ष आग्रह गरेका छन् । लिखित जवाफमा उनले विचाराधीन मुद्दामा विघटन सदर वा बदर के होला भन्ने किसिमका स्वभाविक जिज्ञासा हुने भन्दै यसलाई रोक्नु व्यवहारिक नहुने उल्लेख गरेका छन् ।
एक सार्वजनिक कार्यक्रममा संसद विघटनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता राजाराम घिमिरेले ढुंगानाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण