‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला
बिहीबार, १३ फागुन २०७७, १८ : ३४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ । ऋषि कट्टलेले दुई बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग बिरुद्ध परेको सो मुद्दाको सुनुवाई बिहिबार सकिएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहिबार अन्तिम सुनुवाई सकिएपछि २० गते मात्रै निर्णय सुनाउने जानकारी दिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताए ।
आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्टभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण