‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला
बिहीबार, १३ फागुन २०७७, १८ : ३४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ । ऋषि कट्टलेले दुई बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग बिरुद्ध परेको सो मुद्दाको सुनुवाई बिहिबार सकिएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहिबार अन्तिम सुनुवाई सकिएपछि २० गते मात्रै निर्णय सुनाउने जानकारी दिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताए ।
आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्टभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा