आज भारत बन्द
भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले आज भारत बन्द र चक्काजामको आह्वान गरेका छन् ।
भारतको खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट निकै रिसाएका छन् । यसबाहेक उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् । अर्कोतर्फ यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याका कारण रिसाएका छन् ।
चक्का जाम पनि हुनेछः
त्यसैले कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशन (एआईटीडब्ल्यूए) ले २६ फेब्रुअरी शुक्रबार अर्थात् आज भारत बन्दको आह्वान गरेका छन् । यसका साथै राज्यका थुप्रै व्यापारी संगठनले पनि यो मागको समर्थन गरेका छन् । एआईटीडब्ल्यूएले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको छ ।
अर्कोतर्फ यातायात व्यावसायीले जीएसटीमार्फत् आउने ई–बे बिल नियमको विरोध गरिरहेका छन् । साथै उनीहरु डिजेल–पेट्रोलको लगातार बढ्दो मूल्यको पनि विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण