नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनी : तपाईंको सेयर भएको लघुवित्तको अवस्था कस्तो छ ? (विश्लेषण)
नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन्, कसका कमजोर छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई आधार मानिएको छ ।
चालु आर्थिक वर्षको (२०७७/७८) दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्त कम्पनीको मूख्य सूचकको रुपमा रहेको नाफा बढेको देखिन्छ । नाफामा छिमेक लघुवित्त अगाडी छ भने प्रतिसेयर आम्दानीमा नेशनल माइक्रोफाइनान्स अगाडी छ । यस्तै जगेडा कोषमा निर्धन उत्थान लघुवित्त अगाडी छ । नाफा, प्रतिसेयर आम्दानी, जगेडाकोष, चुक्तापुँजी लगायतका सूचक एक अर्का लघुवित्तसँग तुलना गरेका छौँ ।
नाफामा छिमेक लघुवित्तको अग्रता
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त नाफा कमाउनेको सूचीमा अग्रस्थानमा छ । यसको नाफा २७.७९ प्रतिशतले बढेर ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा साना किसान लघुवित्तको नाफा बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण