‘कबड्डी’को अन्तिम सिक्वेल ‘कबड्डी ४’ बन्ने
काठमाडौँ । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो ।
शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।
निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेका हुन् । अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ रहेका छन् ।
‘कबड्डी’को फष्टपार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।
फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना निर्देशक गुरुङको रहेको छ । फिल्म भने दसैँमा प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण