भेटियो मंगल ग्रहमा जीवित रहन सक्ने प्राणी
वैज्ञानिकहरुले केही यस्ता सुक्ष्मजीवी (microbes) भेटेका छन जुन मंगल ग्रहको जीवन शून्य वातावरणमा पनि जीवित रहन सक्छन। स्मरण रहोस् मंगल ग्रहको धरातलमा रहेको वातावरणीय चक्रमा कार्बनडाइअक्साइडको बहुल्यता रहेको छ। यहाँको वायुमण्डलमा ९५.३२ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा छ। अक्सिजनको उपस्थिति जम्मा ०.१३ प्रतिशत छ। यस्तो वायुमण्डलीय संरचनामा अहिलेसम्म केही र कुनै पनि जीवित रहन सक्ने 'लाइफ डोमिन'का बारेमा विज्ञानलाई थाहा थिएन।
अहिले आएर वैज्ञानिकहरुले यस्ता केही सुक्ष्मजीवी पत्ता लाएका छन जुन मंगल ग्रहको अप्ठेरो विकट वातावरणमा 'सरभाईभ' गर्न सक्छन। 'फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नल'मा प्रकाशित 'अध्ययन प्रतिवेदन' ले यस कुराको खुलासा गरेको हो। रिपोर्ट प्रकाशित भए पछि सम्बधित क्षेत्रका विशेषज्ञले 'स्पेस मिसन' र अन्य 'सेलेस्टिकल बडी'मा हुने अभियानमा यसले ठूलो मदत एवं त्यहाँ हुने अनुसन्धानमा सहायता गर्ने दावी गरेका छन।
अनुसन्धानमा संलग्न 'लिड रिसर्चर' मार्टा फिलिप कार्टेसाओ का अनुसार पृथ्वी मा पाइने केही ब्याक्टेरिया र फंगसलाई हामीले मंगल ग्रहको जस्तै वातावरणमा राखेर अनुसन्धान गर्यौ । हामीले पायौ, यी ब्याक्टेरिया र फंगस मंगल ग्रहको जस्तो वातावरणमा मर्नुको सट्टा हुर्की रहे। यो अनुसन्धान पृथ्वीको नजिकको (८ देखि १५ किमी माथिको) वातावरणीय चक्र 'ट्रोपोस्फेयर'देखि माथिल्लो वातावरणीय चक्र 'स्ट्राटोस्फेयर'मा गरिएको थियो। यस वातावरणीय चक्रमा सूर्यदेखि आउने घातक विकिरण 'अल्ट्राभायोलेट रेडिएसन' रोकिएर पृथ्वीसम्म आउन पाउँदैन। यहाँ रहेको 'ओजोन लेयर'ले यस विकिरणलाई रोकी दिन्छ। 'ट्रोपोस्फेयर' देखि माथी ५० किमीसम्म 'स्ट्राटोस्फेयर'को चक्र रहेको हुन्छ।
अनुसन्धानका क्रममा एउटा बेलुनमा ब्याक्टेरिया र फंगसलाई राखी 'स्ट्राटोस्फेयर'मा पुर्याइएको थियो।
मार्टाका अनुसार केही सुक्ष्मजीवी ख़ास गरी ब्लाक मोल्ड फंगस का स्पोर यस यात्रा मा जीवित रहे। त्यहाँ रहेको तीव्र अल्ट्रा भायलेट विकिरण पनि सहर फंगस का स्पोर जीवित रहे।
यस अनुसन्धानको रिपोर्टले एकातिर जहाँ मंगल ग्रहमा बाँच्न सक्ने सुक्ष्मजीवी पत्ता लागेर खुशी हुने वातावरण देखिएको छ त्यहीँ अबका 'स्पेस मिसन'ले अति सावधानी अपनाउनु पर्ने आवश्यकता पनि देखिएको छ। यस्ता सूक्ष्मजीवी अन्तरिक्ष यात्रीसँग नै प्रथ्वीबाट गएका हुन सक्छन। अन्तरिक्ष यात्रीसँग त्यहाँ पुगेर यी त्यहाँको वातावरणमा हुर्किन सक्छन। र, पुनः अन्तरिक्ष यात्रीले यी सुक्ष्मजीवीलाई त्यहाँ भेट्दा यिनलाई त्यस स्थानको 'लाइफ डोमिन' सम्झिने संभावना हुन्छ। तर वास्तवमा यी अन्तरिक्ष यात्रीसँगै त्यहाँ पुगेका हुन्छन्।
अनुसन्धानमा संलग्न केथरीना सिम्स भन्छिन् - अर्को कुनै ग्रहमा जीवनको खोजी गर्नेहरुले यो सुनिश्चित गर्नुपर्ने हुन्छ त्यहाँ भेटिएको सुक्ष्मजीवी कतै उनीहरुसँगै त त्यहाँ पुगेको होइन।
यस अनुसन्धानले भविष्यमा हुने मंगलको 'टेराफार्मिंग'लाई ठूलो मदत पुग्छ। वैज्ञानिकले यस फंगस र ब्याक्टेरियालाई मंगल ग्रहमा लगेर मंगल ग्रहमा जीवनको शुभारम्भ गर्न सक्छन। ब्याक्टेरिया र फंगस नै पृथ्वीमा जीवन प्रारम्भ गर्ने प्रमुख अवयव हुन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण