पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकलयात्री घाइते
आइतबार, १६ फागुन २०७७, २३ : ४५
काठमाडौं । पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
उपचारमा नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टरार्ईले चासो देखाएका छन् । प्रदेश–२ सरकार जनकपुरको ज.१ झ ४२७ नम्बरको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । ‘गाडी चालक पनि हाम्रो नियन्त्रणमा छन्’ एसपी शाहले भने– ‘घाइतेको शरीरको पछाडिको भागमा चोट लागेको छ ।’ गाडी धरमदास महतोले चलाएका थिए । भट्टराई जनकपुरबाट हेटौंडातर्फ जाँदै गर्दा साँझ सवा ७ बजे सो दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण