आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्छु: वनमन्त्री आले
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुई दिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताएका छन् ।
यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडी बढाएको र यसैपल्ट लागू गरिने उनको भनाई छ । उनले भने– ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२/१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडी बढाएको छ । यसैपल्ट यो लागू गर्दैछौँ ।’
मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए । उनले भने– ‘ओपन जु को रुपमा कन्सेप्ट मैले अगाडि बनाएको छु । कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडी बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडी बढाएको छु । यो अगाडि बढाउनुपर्छ कि भनेर मैले मेरो मन्त्रालयमा छलफल अगाडि बढाइसकेको छु ।’
उनले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको पनि बताए । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडी बढाउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण