दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको हो ।
अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वको चार सदस्यीय कार्य सम्पादन मूल्याङ्कन समितिले त्यहाँ खटिएका ६ युनिटमध्ये राजधानी जुवामा तैनाथ ‘नेपाल एफ.पि.यु.–१’ लाई सर्वोकृष्ट घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सो समितिले तयार गरेको मूल्याङ्कन प्रतिवेदनमा सशस्त्र प्रहरीले शतप्रतिशत नतिजा ल्याएर सर्वोत्कृष्ट भएको कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेले बताए । मिसनमा तैनाथ एफपियु बीचमा विभिन्न विधामा मूल्याङ्कन गरी उत्कृष्टता छनौट गरिन्छ । आठ विधामा युनिटहरूको बीचमा आन्तरिक प्रतिस्पर्धामा हुन्छ । हरेक विधामा चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । १८ फेब्रुअरीमा लिइएको परीक्षामा सशस्त्र प्रहरीले ३२ अंक ल्याउन सफल भएको छ ।
सशस्त्र प्रहरीका एसएसपी कुमार न्यौपानेले नेतृत्व गरेको सो युनिटमा डिपुटी कमाण्डिङ अफिसर डिएसपी शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसरमा डिएसपी रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरमा डिएसपी अरुणकुमार शर्मा छन् ।
सो युनिटमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् । दक्षिण सुडानमा नेपालका दुईवटा, रुवन्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियु परिचालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण