भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो
भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।
१० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।
भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत विश्वमा १३ औँ स्थानमा उक्लिएको छ । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५६३ जना नयाँ संक्रमित फेला परेका छन् । यसक्रममा ११ हजार ९९० जना संक्रमित निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १.११ करोड बढी संक्रमित भइसकेका छन् । यसमध्ये १.०७ करोड निको भएका छन् । १.५७ लाख जनाले ज्यान गुमाइसकेका छन् ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण