प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै
झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवास गृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे ।
प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्नेछन् । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवास गृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । सो अस्पताल रु ६०० करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन्।
बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । यस साता प्रधानमन्त्री ओलीको यो दोस्रो झापा भ्रमण हो । यही फागुन १६ गते उनी दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
-
दोस्रो स्थानको कोलकाता र तेस्रो स्थानको लखनउबिच रोमाञ्चक भिडन्त
-
सलमानको घरबाहिर गोली कान्डः सीबीआई अनुसन्धान माग्दै उच्च अदालत पुग्यो थापनको परिवार
-
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
-
घाइते पाँचै जनाको किष्टमा उपचार हुँदै
-
भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु