अजय देवगनको कार रोकेर किसानबारे प्रश्न सोध्ने युवक मुम्बई प्रहरीद्वारा पक्राउ
मुम्बईमा कथित रुपमा अभिनेता अजय देवगनको कार रोकेर उनलाई किसान आन्दोलनमाथि प्रश्न सोध्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
ती व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही गरेनन् भन्ने विषयमा प्रश्न सोधेका थिए ।
समाचार एजेन्सी पिटिआईले एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पक्राउ पर्ने व्यक्ति २८ वर्षका ड्रायभर राजदीप सिंह भएको जानकारी दिएको छ । उनी मूलतः पञ्जाबका निवासी हुन् ।
एक प्रहरी अधिकारीले भने, ‘यो घटना मंगलबार बिहान साढे १० बजे भएको हो । सिंहले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोके र उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैनन् भनेर जान्न चाहे ।’
अधिकारीका अनुसार अजय देवगनका अंगरक्षक प्रतीप इन्द्रसेन गौतमले प्रहरीमा ऊजुरी दिएपछि सिंहलाई पक्राउ गरिएको हो ।
This is sheer injustice by @DGPMaharashtra
— Manjinder Singh Sirsa (@mssirsa) March 2, 2021
The person in the video, Rajdeep Singh Dhaliwal, has only expressed his displeasure against @ajaydevgn stand against Farmers. Is that an offence? A crime? How could Police even file a case against him U/S 341, 504,506 IPC (FIR No 119) pic.twitter.com/GmBqT0goq0
दिंदोसी थानाका वरिष्ठ इन्स्पेक्टर धर्मेन्द्र कांबलेले पीटीआईसँगको कुराकानीमा सिंहलाई गलत तरिकाले रोकेको, शान्ति भंग गरेको, जानी जानी अपमान गरेको र आपराधिक धम्कीको आरोप लगाइएको छ ।
अकाली दलका नेता मनजिन्दर सिंह सिरसाले यसलाई अन्याय बताएका छन् । उनले अजय देवगनको कार रोक्ने राजदीप सिंह धालीवालको भिडियो ट्वीट गरे । साथै उनले लेखे, ‘राजदीपले आफ्नो असहमति मात्रै व्यक्त गरेका थिए किनभने उनी अजय देवगन किसानको समर्थनमा नआएका कारण उनी असन्तुष्ट थिए । के यो अपराध हो ?’
सोसल मिडियामा सेयर गरिएको भिडियोमा देखिए अनुसार राजदीपले अजय देवगनको कारको अगाडि बसेर भनिरहेका छन्, ‘तिमी पञ्जाबविरुद्ध छौ, तिमी किसानको विरुद्धमा छौ, आखिर तिमीलाई खाना कसरी पच्छ ? थोरै त लाज राख ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण